0 COMMENTS

गौशाला, १३ चैत०७४/ महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

नकबजनी चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशानुसार २०७४ जेठ ९ गतेदेखि १ वर्ष १५ दिनको कैद काट्दै आएका कैदी मुसहर चैत ६ गते पखाला लागेर बिरामी भएकामा सोही दिन बिहानदेखि जिल्ला अस्पताल जलेश्वरमा उनको उपचार भइरहेको थियो भने सोमबार उपचारकै क्रममा मृत्यु भएको जेलर ठाकुरले बताउनुभयो ।

कैदी मुसहरलाई अत्यधिक पखाला लागेको, जीउ सुन्निएको र क्षयरोगको समेत संकेत देखा परेको बताउनु हुँदै जेलर ठाकुरले उनको उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भएको बताउनुभयो ।

मृतक कैदी मुसहरको शव परिवारजनले बुझेर अन्तिम संस्कारका लागि घर लैजाने तयारी भइरहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।