0 COMMENTS

काठमाडौं१२चैत०७४/ जलस्रोत उर्जा तथा सिंचाई मन्त्रीले आइतबार प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा पुगेपछि उद्योग क्षेत्रमा लोडसेडिङ नगर्न भनेका छन् । जवाफमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उद्योग क्षेत्रको लोडसेडिङ वैशाख अन्तिमदेखि अन्त्य गर्ने प्रतिवद्धता जनाएको स्रोतले बताए ।

उद्योग क्षेत्रमा दैनिक ४ घन्टा लोडसेडिङ भइरहेको छ । अहिले पिक समयमा उद्योग क्षेत्रमा लोडसेडिङ गर्ने गरिएको छ । स्रोतका अनुसार प्राधिकरणले जेठदेखि त्यसलाई हटाउने योजना बनाएको थियो । जेठदेखि हिमालको हिउँ पग्लेर खोलामा पानीको बहाब बढ्छ्, जसले केहि आयोजनाको उत्पादन बढ्छ । उद्योग क्षेत्रलाई पनि पिक समयमा विद्युत् दिने हो भने प्राधिकरणलाई थप २७० मेगावाट आवश्यक पर्छ ।

प्राधिकरणले ढल्केबर मुजˆफरपुर प्रसारणलाइनबाट १२० मेगावाट ल्याइरहेको छ । तर, यो सवस्टेशन जार्च भएसँगै भारतबाट २५० मेगावाट आयात गर्न मिल्छ । वैशाखको अन्त्य तिरबाट देशमा सञ्चालित आयोजनाको उत्पादन बढ्ने र भारतबाट पनि थप विद्युत् आयात गर्न मिल्ने देखेपछि प्राधिकरणले वैशाख अन्त्यबाटै लोडसेडिङ अन्त्य गर्ने बचन दएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।