0 COMMENTS

काठमाडौं१०चैतइ७४/नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुनुपर्नेमा जोड दिएको छ ।
माओवादी केन्द्रको शनिबार बसेको हेडक्वार्रटर बैठकले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुनुपर्नेमा जोड दिइएको नेता विश्वनाथ साहले रातोपाटीलाई जानकारी दिए । प्रधानमन्त्री ओलीको चैत २३ गतेदेखि भारत भ्रमण गर्ने तयारी भइरहेको बेला माअ‍ोवादीले सो अघि नै एकता हुनुपर्नेमा जोड दिएको हो । जवकी यसअघि दुबै पार्टीका नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर बैशाख १० गते एकता गर्ने बताउँदै आएका थिए ।
दुई पार्टीबीच गत असोजमा वाम तालमेलको घोषणा भएसँगै विभिन्न चरणको छलफल हुँदै एकताको चरणमा पुगिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।