0 COMMENTS

इटहरी, १० चैत ०७४/ सुनसरी जिल्लाको दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यलाई कुटपिट गरेकी छिन् ।

स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर साहले शुक्रबार दुहबी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष तथा सदस्यलाई कुटपिट गरेकी हुन् ।

वडा नम्बर ५ मा रहेको सरस्वती उच्च मावि खेल मैदानको निर्माण सम्बन्धी अनुगमनका लागि नगरपालिका पुगेका वडाध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई साहले नगरपालिका परिसरभित्रै कुटेको प्रत्यक्षदर्शीले बताए ।

खेल मैदानको निर्माण कार्य सम्पन्न भइसकेको र अनुगमन गरी बजेट फर्छ्यौटको प्रक्रिया अघि बढाइदिन आग्रह गरेपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिँदै गर्दा उपमेयर साहले आफ्ना श्रीमान् सुनिल साहलाई बोलाएर कुटपिट गरेको वडा सदस्य तामाङले बताए ।

निर्माण सम्बन्धीको फाइल समेत उपमेयर साहले नियन्त्रणमा लिइ विकास निर्माणको कामलाई रोकेको अर्का पीडित वडाध्यक्ष रमेश रौनियारले गुनासो गरे ।

घटना भएपछि आक्रोशित सर्वसाधरणले दुहबी नगरपालिका दिनभर घेराउ गरे त्यसैगरी घटनाको विषयमा जानकारी दिँदै नगरपालिकाका मेयर बेद गच्छदारले उपमेयरको बचाउमा कुटपिट नभएको र सामान्य विवाद भएको उल्लेख गरे ।

घटनामा कुटपिट भएको भिडियो सार्वजनिक भएपछि मेयर गच्छदारले गल्ती स्वीकार गरेका छन् । उनले घटना अशोभनीय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।