0 COMMENTS

काठमाण्डाै०९चैत०७४/‘आज पनि सोध्न मन लाग्छ, बालकृष्ण ढुंगेल जेल बस्नुपर्ने तर अरू छाती चौडा गरेर घुम्ने, यो कस्तो गणतन्त्र हो ?’ उनको प्रश्न त्यतिमै रोकिएन, ‘देशमा कम्युनिस्टको सरकार छ । गणतन्त्र दिवस मनाइन्छ । तर त्यही गणतन्त्रका लागि लडेका एउटा योद्धा जेलमा छन् । यो कस्तो गणतन्त्र हो ? कहाँ छ गणतन्त्र ?’

सर्वोच्च अदालतको आदेशमा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलद्वारा लिखित गीति एल्बमको विमोचन कार्यक्रममा उनकी जेठी छोरी विनिताको प्रश्न हो यो । ढुंगेल केन्द्रीय कारागारमा जेल सजाय बिताइरहँदा उनीद्वारा रचित गीति एल्बम बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता उनकी जेठी छोरी विनिताले गरेकी थिइन् । कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै बाल्यकालको स्मरण गर्दै उनले सभाहल नै स्तब्ध पारिन् । आफ्नो बाल्यकालबारे उनले सुनाउँदा कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), पूर्वसञ्चारमन्त्री राम कार्की, पूर्वशिक्षामन्त्री डीआर पौडेलको समेत आँखा रसाएका थिए ।

‘म र मेरी बहिनी कहिलेकाहीँ आमालाई सोध्थ्यौं– सबैका बुबा घरमा छन्, हाम्रो बुबा चाहिँ खोइ त ? हामी आमालाई यो प्रश्न निरन्तर सोध्थ्यौं तर यही प्रश्नले आमालाई सारै पीडा हुँदोरहेछ,’ उनले विगत सम्झिन्, ‘हाम्रो प्रश्न आएपछि आमाले हामीलाई सम्झाउनुहुन्थ्यो, बुबा माओवादी हुनुभएको छ, कुनै दिन आउनुहुन्छ, भन्नु हुन्थ्यो ।’ यो खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।