0 COMMENTS

भोजपुर ०८चैत०७४/ सरकारले निःशुल्क उपलब्ध गरेको औषधिलाई मनोमानी ढंगले शुल्क लिने स्वास्थ्य चौकीका कर्मचारीलाई रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्जाङ कार्यालयले गाउँपालिकामा कारबाहीको माग गरेको छ।

मानेभञ्जाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिएको औषधि स्वास्थ्य चौकी प्रमुख सोनु साहले शुल्क लिएर बेच्ने गरेको खुलासा भएपछि कार्यालयले गाउँपालिकालाई कारबाहीको सिफारिस गरिएको हो।

ग्रामीण भेगकै स्वास्थ्य चौकीमा दिनदहाडै यसरी सरकारी औषधिलाई मनोमानी रुपले बेचविखन गरेको पाइएपछि वडा कार्यालयले बिहीबार नै बसेको स्वास्थ्य चौकी व्यावस्थापन समितिको बैठकले कारबाहीको सिफारिस सहितको निवेदन पेश गरेको थियो।बैठकले स्वास्थ्य चौकी प्रमुख साहले निःशुल्क औषधि बिरामीलाई बेचेको पाइएपछि कारबाहीको लागि गाउँपालिकामा सिफारिस गरिएको वडा अध्यक्ष विरेन्द्र राईले बताए।

महिनावारीमा अत्याधिक रक्तश्राव भएपछि स्लाइन बोटल औषधि लिन स्वास्थ्य चौकी आएकी सोही वडा ५, मानेभञ्जाङकी रमिता बोगटीलाई साहले उक्त स्लाइनको चार सय रुपैँया शुल्क लिएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।