0 COMMENTS

मकवनपुर०८चैत०७४/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हल्लाको भरमा तीन नम्बर प्रदेशको राजधानी नसर्ने बताउनु भएको छ ।

हेटौंडामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले तीन नम्बर प्रदेशको नामाकरण र राजधानीको बिषयमा छलफल भएपनि अघिल्लो सरकारको निर्णयअनुसार नै औपचारिक गतिविधि भइरहेको भन्दै हटौंडाबाट राजधानी सार्न संभव नहुने स्पष्ट पार्नुभएको हो ।

राजनीतिक सहमतिका आधारमा तोकिएको अस्थायी राजधानीलाई स्थायी बनाउन प्रदेशसभाले पनि सुझबुझका साथ निर्णय लिने उहाँको विश्वास थियो ।

प्रदेश सरकारले व्यहोरेका समस्या निराकरणका लागि आवश्यक कानुन र नीति बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभएका दाहालले सरकारले गति लिएसँगै मुलुक सुशासन, स्थायित्व, बिकास र समृद्धितर्फ अगाडि बढ्ने दावी पनि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।