0 COMMENTS

मिलन चाम्लिङ,०७चैत०७४/ धरानमा खानेपानी ट्यांकी निर्माणको विषयलाई लिएर झडप भएको छ । धरान १४ बिजयपुर स्थित निर्माणाधिन खानेपानी टयाङकी निर्माणको बिषयलाई लिएर झडप भएको हो ।

धरान उपमहानगरपालिकाले पानी ट्याङ्की निर्माणको कार्यलाई तिब्रता दिएसैगै लिम्बुवान सर्मथित बिभिन्न संघसंस्थाले आफना पुर्खा किराँतीहरुको ईतिहास मेटीने काम भएको भन्दै निर्माण कार्य रोक्ने क्रममा सो झडप भएको हो । झडपमा परी लिम्बुवानका केही कार्यकर्ता घाईते समेत भएका छन् । निर्माणमा अबरोध गरेपछि प्रहरी प्रशासनले सो अबरोध हटाउन खोज्दा दुबैपक्षबीच झडप भएको थियो ।झडपमा चार राउन्ड अश्रुग्यास प्रहार भएको छ ।

झडपमा परी संङ्घीय लिम्बुवान पार्टीको अब्बास मिया र नैन कुमार बिश्वकर्मा घाइते भएका छन् । आन्दोलनकारीले पानी टंकी निर्माण गर्न ल्याइएको स्काभेटर समेत तोडफोड गरेका छन् ।धरानमा खानेपानीको समस्या चैत लागेसंगै सुरु भएको छ। सुख्खा मौसमसँगै खोलाको मुहान सुक्न थालेपछि खानेपानीको समस्या पनि बढेको हो ।खानेपानी संस्थानले नगरमा वडा बिहान र बेलुका मात्र पानी वितरण गर्ने गरेको भएपनि केही समय अघिदेखी पानी आउने क्रम रोकिएको छ । बिहान र बेलुका तीन/तीन घन्टा मात्र पानी दिइने गरेको थियो । तर अहिले करिब एक हप्तादेखी धरान ११ मा सबै घरको धारामा पानी आउने क्रम बन्द भएको स्थानीयको भनाई छ ।ठूला घरानियाले मिटरबाट छतमा भएको ट्यांकीमा पानी चढाउने गरेका कारण सामान्यको घरमा समस्या झनै थपिएको छ ।

धरान १५ का सुष्मिता गुरुङले आफ्नो छिमेकीको घर ठुल्ठूला भएकाले गर्दा उनीहरूले पानी मिटरबाट छतको ट्यांकीमा चढाएपछि आफ्नो घरमा पानी नआउने र आउँदा पनि सानो आउने गरेकाले हैरान भएको बताइन् ।उनले आफूहरूले पानीको समस्याले गर्दा खान मात्र होइन, जीवनयापनका अन्य सामान्य विषयमा समेत समस्या परेको बताइन् ।
त्यसैगरी, सुकुम्बासी बस्तीका बासिन्दालाई झनै चर्काे पानीको समस्या रहको सुकुम्बासीहरूले बताएका छन् ।धरानका सामान्य व्यक्तिले खानेपानी संस्थानले गैरजिम्मेवारी पूर्ण पानी समेत वितरण गर्ने गरेको सर्बसाधारणको गुनासो छ । खानेपानी संस्थानका कर्मचारी कृष्ण प्रसाद गौतमका अनुसार धरानमा दैनिक ४ करोड लिटर पानी आवस्यकता रहेको छ । तर, दैनिक १ करोड ५० लाख लिटर मात्र वितरण गर्ने गरेको संस्थानल जनाएको छ ।

धरानमा हरेक बर्ष पानीको अत्याधिक समस्या हुदा समेत सरोकारबालाहरुको ध्यान केन्द्रीत हुन सकेको छैन भने केही समय अधि एडीबीको अबौको लगानीमा खानेपानी परियोजना संञ्चालनमा ल्याईने तयारी गरिएपनि स्थानीय तथा बिभिन्न संघ संस्थाका बिरोधका कारण निर्माण कार्य महिनौदिनदेखी अबरुद्ध हुदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।