0 COMMENTS

भोजपुर, १ चैत ०७४/ठेकेदार भागेपछि भोजपुरका ग्रामीण सडक अलपत्र अवस्थामा रहेका छन् ।डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर-टक्सार-गुम्बा हुँदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र बनेको हो ।

सोही सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानीय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा आज बसेको सर्वपक्षीय बैठकले ठेकेदार सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने निर्णय गरेको छ ।

जिल्लास्थित स्थानीय सरकारका प्रमुख, राजनीतिक दललगायतको सर्वपक्षीय बैठकले सात दिनभित्र ठेकेदार उपस्थित भई काम शुरु नगरे ठेकेदारलाई कारबाही गर्ने र उक्त ठेक्काको काम उपभोक्तामार्फत गर्ने निर्णय गरिएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले जानकारी दिनुभयो ।

एमके वाइपिजेभी निर्माण कम्पनीले २०१६ जुन १६ मा ठेक्का सम्झौता गरेको थियो । करिब रु १० करोडकोे ठेक्कामा हालसम्म १३ प्रतिशत मात्र काम भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । बाँकी ८७ प्रतिशत काम भने अबको दुई महिनामा सम्पन्न गरिसक्नु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।