0 COMMENTS

काठमाडौं१चैत०७४/ राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । महानगरीय प्रहरी वृत गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ ।

लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले जानकारी गराएका छन् ।

प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ । लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।