0 COMMENTS

काठमाडौँ, ३० फागुन ०७४/ महानगरीय प्रहरी प्रभाग गोँगबुले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।प्रभागले गोँगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा होटलमा छापा मार्दा फेला परेको अवैध एक हजार लिटर मदिरा आज विहान नष्ट गरेको हो ।

प्रभागका प्रमुख प्रताप पौडेलले गोँगबु क्षेत्रलाई घरेलु मदिरा मुक्त क्षेत्र बनाउने योजना अनुसार सुरु भएको अभियानमा एक हप्तामा तीन हजार लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिनुभयो ।

“मदिरा मुक्त क्षेत्र बनाउन टोल सुधार समिति, महिला समूह र स्थानीय प्रतिनिधीको रोहवरमा मदिरा नष्ट गरेका हौँ”– उहाँले भन्नुभयो । घरेलु मदिरा सेवनसँगै आवेशमा आएर अपराधजन्य घटना घट्ने भएकाले उक्त मदिरा नष्ट गरिएको प्रभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।