0 COMMENTS

रमिला बस्नेत उदयपुर, फाल्गुन २९/ नेपाल ह्याण्डबल संघ द्वारा नेपालको ह्याण्डबल खेल बिकासका लागि प्रदान गरिएको ३० थान बलहरु उदयपुरका विभिन्न विद्यालय र उदयपुरमा संचालनमा रहेको ह्याण्डबल एकेडेमीलाई हस्तान्तरण गरिएको छ ।

नेपाल ह्याण्डबल संघका केन्द्रिय सदस्य राकेश राइले उदयपुर स्थित विभिन्न विद्यालय र एकेडेमीलाई बल प्रदान गरेका हुन । ह्याण्डबल खेलमा काठमाडौ, कास्की लगाएत अन्य जिल्ला भन्दा उदयपुर उत्कृष्ट जिल्लाको रुपमा परिचित छ । हालसम्म नेपाल ह्यान्डबलकाे रास्ट्रिय खेलाडीमध्ये उत्कृष्ट खेलाडीहरु पनि उदयपुरमै भएकाले उदयपुरलाइ ह्यान्डबलकाे उर्वर भुमि पनि मानिन्छ ।

उदयपुरमा बल प्रदान भएपछि बिद्यालयका शिक्षक, विद्यार्थीहरुमा उत्साह जागेको पारुहाङ्ग एकेडेमीका शिक्षक सगेन्द्र राइले बताएका छन्। केन्द्रीय सदस्य राइले ह्यान्डबल खेलको बिकासमा संघ संघै तत्पर रहदै अाएकाे र आगामी दिनमा यस्तो सहयोग अन्य जिल्लाका विद्यालयहरुमा पनि जारी रहने बताए । ‘ह्याण्डबल खेलको बिकास तल्लो तह अर्थात विद्यालय तह बाट सुरु गरेकाे र संघका अध्यक्ष तेज गुरुङ लगाएत केन्द्रिय समिती यसमा सकारात्मक रुपमा अघि बढेकाे राइले जानकारी दिएका छन् ।

यसका साथै जापानी बिकास संस्था जाइकाले नेपालको ह्याण्डबल खेल बिकास र बिस्तारका लागि एक जना स्वय सेवक ह्याण्डबल प्रशिक्षक खटाएकोमा ति प्रशिक्षकले उदयपुरमा विद्यार्थी र शिक्षकहरुलाई एक महिने तालिम प्रदान गर्ने ह्याण्डबल संघका सचिब केशब पाठकले जानकारी दिए । बल बितरणकाे दाेस्राे चरणमा पुमा अावशिय उ.मा.वि, सगरमाथा इन्ङ्गलिस बाेर्डिङ्ग स्कुल र कालिका माध्यमिक बिधालयलाई बल हस्तान्तरण गरिएको उदयपुर ह्यान्डबल एकेडेमीका अध्यक्ष बिदुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।