0 COMMENTS

मिलन चाम्लिङ,धरान२९फागुन०७४/ किरात याक्थुम चुम्लुङको १०औ राष्ट्रिय महाधिवेशन किरात याक्थुम चुम्लुङको भवन स्थित धरानमा सोमबारबाट सुरु भएको छ।
२७ गते सोमबारबाट ३० गते बुधबारसम्म संचालन हुने महाधिवेशनमा प्रदेश नं १ को प्रमुख गोविन्द बहादुर तुम्वाहाङले याक्थुमहरुको मौलिक बाजा च्याब्रुङ बजाएर औपचारिक रूपमा कार्यक्रम उद्यघाटन गर्नु भएको थियो ।

विभिन्न जिल्लाबाट आएको केलाङ समूहले केलाङ(लिम्बूहरुको नाच) प्रस्तुत गर्दै भब्यताको साथ कार्यक्रम सुरु भएको छ।याक्थुङ भाषाको गित गाएर ख्याती कमाएको गायिका मनु नेम्वाङले याक्थुङ र पालाम(लिम्बुले गाउने गित) गाएरमनोरञ्जन दिएका थिए।महाधिवेशन कार्यक्रममा चुम्लुङ हिममा(भबन)याक्थुङ(लिम्बू) सस्कारको स्टलहरु पनि प्रदशनि गरिएको छ।महाधिवेशनको पहिलो दिन सोमबारको कार्यक्रममा किरात याक्थुम चुम्लुङको विभिन्न गतिविधि जानकारी गराएको छन।महाधिवेशन बन्द सत्र र खुला सत्र गरि तीन दिनसम्म चल्ने छ।महाधिवेशनले नयाँ केन्द्रिय कार्यसमिति चयन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।