0 COMMENTS

सुर्खेत, २७ फागुन०७४/ जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना ४ख ७२४३ नं को बसले किच्दा आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो ।

जुम्लाको जर्मी र लिताकोट गाउँबीचको सडकमा उक्त घटना घटेको हो । प्रहरीले कैलालीको टीकापुर– ६ घर भएका बस चालक देव विसीलाई पक्राउ गरेको छ । सार्कीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।