0 COMMENTS

काठमाडौं२५फागुन०७४/  कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । चौधरी जिल्ला कारागारमा थुनामा रहेका छन् ।

आफूहरुलाई रिहा गर्नुपर्ने, सांसद चौधरीलाई प्रमाणपत्र र सपथ ग्रहणको व्यवस्था गर्नुपर्ने लगायत ३ बुँदे माग राखेर उनीहरुले अनशन थालेका हुन्।टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा थुनामा रहेका चौधरी फागुन २० देखि जेलभित्रै अनशनमा बसेका हुन् । पाँच दिनदेखि अनशनमा बसेका चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई अहिले सेती अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको छ।

उनीसहित थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तले जेलभित्रै अनशन थालेका हुन्। उनीसँगै अनशन सबेका विश्राम चौधरीलाई बिहीबार राति नै अस्पताल लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।