काठमाडौँ२५फागुन०७४/ सभामुखमा एमाले–माओवादीको रस्साकस्सी चलेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
समाचारका अनुसार माओवादीले कृष्णबहादुर महरालाई सभामुखमा अघि सार्ने तयारी गरेको छ भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सुभास नेम्वाङलाई नै बनाउने कसरतमा छन् ।
सभामुख माओवादीको भागमा परेको भए पनि नेम्वाङलाई लैजान ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पटक पटक छलफल गरिरहेका समाचारमा छ ।
प्रतिक्रिया दिनुहोस्