0 COMMENTS

काठमाडौं २५,फागुन २०७४/ सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै।

डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धनगढी आयोजनाबाट दैनिक ठूलो मूल्यबराबरको तयारी दही चोरी हुने गरेको छ। आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ।

स्रोतका अनुसार लैंनचौरको दुग्ध पदार्थ बिक्री रण आयोजनाबाट मात्रै दैनिक रुपमा २० हजारभन्दा बढी मूल्यबराबरको दहीको प्याकेट र जार चोरी हुने गरेको छ। केही दिनअघि कर्मचारीलाई कम लगत देखाएर गाडीमा राखेर बाहिर बढी प्याकेट लगेको डीडीसीको सुरक्षा गार्ड गोपाल निरौलाले फेला पारेका थिए।

आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ।

सुरक्षा गार्ड निरौंलाले रोक्न धेरै प्रयास गरेपनि नाउ नखुलेका उक्त कर्मचारीले दही लिएर बाहिरिएका थिए। ‘कर्मचारी आफू खाने भनेर गोप्य रूपमा दैनिक दुई सयभन्दा बढी दहीको पोका र केही जार बाहिर लाने गरेका छन्’, स्रोतले भन्यो,‘बाहिर जाने यस्तो दही कर्मचारीले केही सस्तो मूल्यमा बजारमा गएर बिक्री गरी आम्दानी गर्दैआएका छन्।’ दही चोरी हुने घटनामा सञ्चालक समितिले दोषिउपर तत्काल कारबाही गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएको छ।

रकम हिनामिना गर्ने ६ जनाको ग्रेड घटुवा
डीडीसीको रकम हिनामिना गर्ने ६ जना कर्मचारीको गे्रड घटुवा गरिएको छ। डीडीसीका सञ्चालक समितिका सदस्य विशाल बास्तोलाका अनुसार २०६३ सालदेखि २०७३ सालसम्मको अवधिमा उत्पादन भएका सामग्री बिक्री गरेर रकम नबुझाउने र उत्पादन भएका सामग्री अन्यत्र बिक्री गरी रकम दाखिला नगर्ने ६ जना कर्मचारीमाथि विभागीय कारबाही बापत ग्रेड घटुवा गरिएको हो।

हिनामिना भएको रकम बुझाउन डीडीसीले पटक पटक ताकेता गरेपनि अटेर गरेका कारण उनीहरूलाई विभागीय कारबाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।