विराटनगर,२४ फागुन०७४/ एकसय आठौँ अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिलाहरु संवैधानिक हिसाबले नीतिनिर्माण तहमा पुगे पनि समाजमा तिनलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसकेकाले त्यसतर्फ महिलावादी संस्थाको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
प्रदेशका उपसभामुख सरस्वती पोखरेलले महिलाको हकहितका लागि प्रदेश सरकारले नीत तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महिलामाथिको विभेद अन्त्य गरी उनीहरुको आर्थिक विकासका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सो अवसरमा भानुकला केन्द्र विराटनगरका अध्यक्ष माया पौडेललाई सम्मान गरिएको थियो ।