0 COMMENTS

हस्तमैथुनका विषयमा मानिसहरुमा अनेकौ प्रकारका भ्रान्तिहरु हुन्छ । कतिले यसलाई गलत ठान्दछन् भने कतिले सही । तर विज्ञानले यसलाई गलत मानेको छैन । हस्तमैथुन स्वास्थ्यका लागि राम्रो र समान्य मानिएको छ।

हस्तमैथुनसँग सम्बन्धित महत्वपूर्ण कुरा ख्याल राख्न सक्नु हुन्छ । तर पहिला यो कुरा जान्नुस् ।

के हो हस्तमैथुन ?

स्वयमलाई आनन्दित गराउनका लागि जब तपाई आफ्नो गुप्ताङ्गमा छुनुहुन्छ तब त्यसलाई हस्तमैजुन भनिन्छ । हरेक मानिस यो काम अलग अलग तरिकाले गर्दछन् ।

हस्तमैथुनका क्रममा मानिस आफ्नो दिमागमा ‘त्यो सुन्दर पलहरु’ को कल्पना गर्दछन् र त्यसबारेमा सोच्दछन् ।

के हस्तमैथुन गलत हो ?

यो विल्कुलै गलत होइन । यो स्वयमलाई ‘आनन्दित महशुस’ गराउने एउटा प्राकृतिक तरिका हो । यसबाट तपाई स्वयमलाई खुसी दिनहुन्छ । यसलाई अत्यन्त निजी मामिला मान्न सकिन्छ । ध्यान रहोस् कि सार्वजनिक स्थलमा यसो गर्नु भने गैरकानुनी छ ।

यो काम केटा वा केटी दुवैले गर्दछन् । युवकमा १७ वर्षको उमेर पूरा भएपछि हस्तमैथुन गर्ने इच्छा बढ्न थाल्दछ । यद्यपि केही युवा यसो गर्दैनन् । जबसम्म तपाईलाई हस्तमैथुन गर्ने इच्छा हुँदैन त्यतिबेलासम्म नगरेकै राम्रो ।

स्वास्थ्यका लागि हानिकारक छ त ?

छैन । हस्तमैथुनले तपाईलाई अन्धा वा पागल बनाउँदैन । हस्तमैथुन गर्दा तपाईको आँखाको मुनि कालो देखिँदैन, न त यसले तपाईको शारीरिक विकासलाई नै रोक्दछ ।

वास्तविकता यही हो कि हस्तमैथुन गर्दा तपाईमा तनाव कम हुन्छ र शरीरमा खुसी पार्ने हर्मोन इन्डाँरफिन्स रिलिज हुन्छ, जसले तपाईलाई रिल्याक्स अनुभूत गराउँछ । यसले तपाईलाई निदाउन सहयोग गर्दछ र तपाईको निजी अंगलाई सक्रिय राख्दछ।

हस्तमैथुन गरेपछि तपाईलाई थाहा हुन्छ कि तपाईको शरीरलाई केही चाहिएको छ, अर्थात तपाई आफ्नो हुनेवाला पार्टनरलाई आफ्नो इच्छाका बारेमा बताउन सक्नु हुन्छ । यसलाई सुरक्षित सेक्सको उत्तम तरिका पनि मानिएको छ।

के सेक्स टोयजको प्रयोग सही हो ?

युवतीहरु हस्तमैथुनका बेला आफ्नो गुप्ताङ्गमा ‘केही’ हाल्दछन् । यो सेक्स टोयज पनि हुन सक्दछ । यसो गर्नु त्यतिबेलासम्म सुरक्षित छ, जतिबेलासम्म तपाईलाई कुनै प्रकारको कष्ट हुँदैन ।

यो कुरा ख्याल राख्नु जरुरी छ कि वस्तुलाई तपाई ठिकसँग समातिरहनु भएको छ, ताकि त्यो भित्रै नरहोस् । यो कुराको पनि ख्याल राख्नु जरुरी छ कि भित्र प्रंवेश गराइने वस्तुमा कुनै ब्याक्टेरिया नहोस् ।

त्यस्ता वस्तुहरुको प्रंयोग कदापि नगर्नुस जुन फोहोर छ। यदि कुनै प्रकारको शंका छ भने वस्तुमा कन्डोम प्रयोग गर्न सक्नु हुनेछ । बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।