0 COMMENTS

आजको राशिफल बि.स.२०७४ फाल्गुन २३ गते । बुधबार । ईश्वी सन् २०१८ मार्च ०७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि षष्ठि ५४ घडी ०९ पला । नक्षत्र विशाखा ४५ घडी ३९ पला,रातको १२ बजेर ५४ मिनेट उप्रान्त अनुराधा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । साझपख समय मध्यमय रहेकोले आफन्त सँग बिवाद हुने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । बिशिष्ट व्यात्तिको सहयोगमा राम्रा योजनाहरु फुर्ने ग्रहयोग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामान्य घटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । राजनिति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धि न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा लगानि गरे पनि प्रतिफल पाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानि हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुँनाले पछिसम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुँने ग्रहयोग रहेकोेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । बिवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउन सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ भने व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुँनेछ । माया प्रेममा अबिश्वास सिर्जना हुँने तथा परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । अवसरहरुको सदुपयोग गर्न नसक्दा बिभिन्न फाईदा जनक कामहरु अरुकै पोल्टोमा पर्नेछ । साभपख समय राम्रो भएकोले नया प्रकृतिको काम गरि मनग्ने लाभ लिन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानि अपनाउँनुहोला खराब ब्याक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरुबाट धोका हुँने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । साझपख लामो यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्याहरु समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नोकरि तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तब्यमा पुग्न सकिनेछ । पुराना कामहरु सम्पन्न हुँने तथा राम्रो कमाई हुँने हुँदा थप लगानि बढाउँन सकिनेछ । प्रेम सम्बन्धहरुलाई बिबाहमा परिणत गरि घर गृहस्थी सुचारु गर्ने समय रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सबल हुँने ग्रहयोग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि नगर्नुनै उचित हुँनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्निबिच विवाद बढ्नेछ भने माईति चेलिबिचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुँने हुँदा दुख पाउँने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउँन असजिलो हुँनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । साझपख नया योजना बनाई मनाई पछि सम्म आम्दानि हुने काम गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।