0 COMMENTS
मिलन चाम्लीङ,२२फागुन०७४/ सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ११मा मृत्यु दर्ता गरिसकेको व्याक्तिकोको नाममा बृद्ध भत्ता निकासा गरेको खुलासा भएको छ।
सामाजिक सुरक्षा भत्ता नेपाल सरकारले बृद्दबृद्दा,असक्त तथा असाहयलाई जीवन जिउन सजिलो होस भनेर बृद्दभत्ता बितरण गर्दै आएको हुन्छ भने बराहक्षेत्र नगरपालिकाको कर्मचारीहरुले खुलेआम मृत्यु भैसकेको व्याक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गर्दै आएको खुलासा भएको हो।साबिक मधुबन गा.बि.स मा बसोबास गर्दै आएको इन्द्रप्रसाद भट्टराईको २०७१ चैत १८ गते तत्कालीन गाबिसमा मृत्यु दर्ता गराएको बृद्धभत्ता वडा कार्यलयबाट निकासा भएको पाइएको छ।भट्टराई मात्र नभएर लक्ष्मिमाया बिस्वकर्मा,मुशहरनि सहुतेलिको नामबाट पनि बृद्धभत्ता निकासा भैरहेको छ।बिश्वकर्माको २०७३ साउन ३२ गते र तेलिको २०७२ असोज २२ गते वडा कार्यलयमा मृत्यु दर्ता भैसकेको थियो ।त्यस्तै नन्दलाल खतिवडा पदमलाल गिरि बिर्सु उराँव राहुसुदन खातुन रामनारायण साहुतेली फुलमाया बिश्वकर्मा, हर्कबहादुर माझी पानवती माझी, शंकर महुसर लगायत दुई दर्जन भन्दा बडि मृत्यु दर्ता भैसकेकोहरुको मृतकको नामबाट नक्कलि सहि र ल्याप्चे लगाइ सुरक्षा भत्ता निकासी गरेको पाइएको छ।
यसरी निकासा गर्नेमा सुरक्षा भत्ता बाड्ने कर्मचारी सक्रिय देखिन्छ ।वडा कार्यलयले पनि आर्थिक अनियमितता भएको कुरा स्वीकारेको छन।सुरक्षा भत्ता बितरण गर्ने कर्मचारी कमला काफ्ले,सस्थागत प्रतिनिधि रुपमा रहने रेणुका महतो कार्यलय सहयोगी रामकुमार उराँवको मिलेमतोमा निकासी हुने कुरा खुलासा गरेको छन।सुरक्षा भत्ताको फाइल माग गर्दा सोही वडाको सचीव मणिलाल उराँवले देखाउन आनाकानी गर्दै आएको छ । वडाध्यक्ष केदार बिष्ट भन्छन मैले कर्मचारीहरुलाई बडि बिश्वास गरेको कारण यस्तो समस्या आएको हो।साथै बिष्टले सचीव उराँव माथी कारबाही प्रक्रिया अगि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छन।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।