0 COMMENTS

काठमाडौं २१फागुन ०७४/नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् ।

देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । दलको नेता चयन गर्न सोमबार विहान मतदान भएको थियो ।यता नेपाली कांग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार चयन भए। पार्टी सभापति एवं संसदीय दलका नेता देउवाले गच्छदारलाई उपनेता बनाएका हुन् ।दलको नेताका लागि भएको चुनावमा गच्छदार देउवाका प्रस्तावक थिए । देउवा सोमबार मात्र दलको नेता चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।