0 COMMENTS

काठमाण्डाै२०फागुन०७४/हत्यारालाई सार्वजनिक गरि कारवाहीको माग गर्दै भएको आन्दोलन आक्रामक र उग्र बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले ५ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

इलाका प्रहरी कार्यालय टिकापुर घेराउका लागि उत्रिएका आन्दोलनकारीको प्रदर्शनले उग्र रुप लिएपछि आन्दोलनकारीलाई तितर–बितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । आन्दोलनमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको टीकापुरका प्रहरी उपरिक्षक टीका बहादुर कार्कीले बताए ।

विगत ४ दिन देखी आन्दोलनमा रहेका मृतकका समर्थकले हत्या आरोपीको बचाउ गरेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलको घर घेराउ गरेका छन् । सयौंको संख्यामा रहेका आन्दोलनकारीले मेयर रावलको घर घेराउ गरी आक्रमणको प्रयास गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

रावलको घरको सुरक्षाको लागि अहिले सयौको संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको छ । आन्दोलनकारीले रावलको घर आगाडि टायर बालेर चर्को नाराबाजी गरीरहेका छन् । आज मृतकका परिवारसंगको छलफलपछि मृतक थापाको टीकापुर अस्पतालमा पोष्टमार्टम भए पनि आफन्तले शव बुझेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।