0 COMMENTS

काठमाडौं२०फागुन०७४/ बैंक खातामा पर्याप्त रकम छैन भन्ने जान्दाजान्दै चेकमा रकम भरेर कसैलाई दिनुलाई नै ‘चेक बाउन्स’ भनिन्छ । बैंकिङ कसुरअन्तर्गत यो मुद्दा पहिला प्रहरीलाई हेर्ने छुट थिएन । गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन चेक बाउन्सका उजुरी छानबिनमा बित्ने गरेको छ ।

चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लागिपरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो सात महिनामा मात्रै तीन अर्बका चेक बाउन्स भएका छन् । परिसरमा पाँच करोडको एउटै चेक बाउन्सको उजुरी समेत परेको छ ।

प्रहरीको तथ्यांकअनुसार काठमाडौं परिसरमा मात्रै प्रत्येक दिन २० भन्दा धेरै चेक बाउन्सको उजुरी पर्ने गरेका छन् । नयाँ पत्रिबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।