0 COMMENTS
मिलन चाम्लीङ,१८फागुन०७४/ पहाडमा  हिजो होलि पर्व मनाईयो भने मधेसका भेग हरूमा आज १८ गते मनाउने क्रममा  धरानमा आज होलि भब्यता साथ मनाइएको छ। धरान भानुचोकमा हजारौं युवायुवतीकाे उपस्तिथिमा होलि मनाइएको छ।
उता पब्लिक मैदानमा प्रादेशिक महोत्सव चलिरहदा यता भानुचोकमा स्थानीय युवायुवतीको अगुवाईमा कन्सर्ट गरेर दिन भरी युवायुवतीले हाेली पर्व संगीतमा झुम्दै रमाउदै हाेली एकअर्कालाई रंग दलेर आपसी भाइचारा सद्भाव साटासाट गरेर हाेली  मनाएका थिए ।
 
भानुचोक  आज दिनभर युवायुवतीको घुइचो लागेको थियाे भने बेलुका खेरि  पब्लिक मैदानमा प्रादेशिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा होलि हंगमा नामक प्रस्तुति राखेकोले पब्लिक मैदानमा बेलुकी खेर(हाल) युवायुवतीको बाक्लो गुइचो देखिएको छ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।