हेटाैडा१७फागुन०७४/नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले दुई लाख नेपाली महिला तथा बालिका यौन शोषणको सिकार भएको जनाएको छ ।
माइती नेपालले बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । माइती नेपालका अनुसार बेचिएकामध्ये महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत पीडित छन् । प्रत्येक दिन असुरक्षित रूपमा भारत जाँदै गरेको अवस्थामा माइती नेपालले पाँचदेखि सातजनाको उद्धार गर्दै आएको छ ।
२५औँ वार्षिक उत्सवका अवसरमा सञ्चालन गरिएको मेची–महाकाली जनचेतनामूलक अभियानको माइती नेपालले बुधबार हेटौँडामा समापन गरेको छ । त्यसक्रममा आयोजित कार्यक्रममा माइती नेपालले विश्वमा हाल २५ लाखभन्दा बढी मानिस बाध्यात्मक वेश्यावृत्तिजन्य यौन शोषणको सिकार भइरहेको जनाएको छ । नयाँ पत्रिकाबाट