0 COMMENTS

काठमाडौं१८फागुन०७४/वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो। फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ।

संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ। गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ।,समाचार अन्नपुर्ण पोस्टले लेखेको छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोर्‍याउने निश्चितप्राय रहेको एमालेका एक वरिष्ठ नेताले जानकारी दिए।

२३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बस्ने एमालेका ती नेताले दाबी गरे।
‘हाम्रो पार्टीको आगामी स्थायी समिति बैठकले सर्वसम्मत रूपमा राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गर्दै छ’, एमालेका ती नेताले अन्नपूर्णसँग भने, ‘राष्ट्रपतिका लागि कुनै विवाद छैन।’

वरिष्ठ नेता खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाललगायत नेता नरहेको दाबी स्रोतको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।