काठमाडौं१६फागुन०७४/नेपाल एयरलाइन्सले थप छ वटा विमान खरिद गर्ने भएको छ। विमान खरिद गर्न व्यवसायिक योजना बनाइरहेको राष्ट्रिय ध्वजाबाहकले आवस्यक रकमको पनि खोजी गरिरहेको छ।
यही आर्थिक वर्षभित्र २ एयरबस वाइडवडी ए ३३० विमान ल्याइसक्ने तयारीमा रहेको एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानकै लागि थप २ ए३२० सिरिजका न्यारोवडी विमान खरिद गर्ने योजनामा रहेको छ। त्यस्तै निगमले आन्तरिक उडान गर्न ४ ट्वीनअटर विमान पनि किन्ने योजना बनाएको हो।
छ विमान खरिद गर्न निगमले २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। हाल लगानी प्राविधिक अध्ययन भइरहेको र लगानीका बारेमा पनि छलफल जारी भएकोले निष्कर्ष आउनेवित्तिकै स्वीकृतिका लागि संचालक समितिमा लिने एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्