0 COMMENTS

धनगढी१४फागुन०७४/ टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीले अाज सोमबार जिल्ला अदालत कैलालीमा गएर आत्मसमर्पण गरेका छन् । चौधरीले जिल्ला अदालत कैलालीमा सोमबार हाजिर भएका हुन् ।

फरार रहेकै अवस्थामा चौधरीले राष्ट्रिय जनता पार्टी नेपालबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइ विजयी समेत भएका थिए । तर, उनले चुनाव जितेको प्रमणपत्र भने पाएका छैनन् ।

विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग राख्दै चौधरी सर्वोच्च अदालतसम्म पुगेका थिए तर, उनको माग अनुसार आदेश भएन ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा एक बालक र एक एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार भएका थिए ।तर, चौधरीले उक्त घटनाको आरो अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।