0 COMMENTS

काठमाडौं१३फागुन०७४/ एमालेले आफ्ना भागमा परेको राष्ट्रपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नयाँ पठाउने निर्णय गरेको छैन । राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउन चाहेका छन् । भण्डारीले पनि दोहोरिने प्रकट–अप्रकट चाहना राखेकी छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन् । उनले आफूलाई पार्टीले राष्ट्रपतिमा पठाए जान इच्छुक रहेको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

एमालेले राष्ट्रपति दोहोर्‍याए माओवादीले पनि उपराष्ट्रपति दोहोर्‍याउने तर एमालेले राष्ट्रपतिमा नयाँ नाम पठाए पार्टीले पनि अमिक सेरचनको नाम पठाउने तयारी गरेको एक माओवादी नेताले बताए ।

एमाले उपमहासचिव घनश्याम भुषाल कसैलाई दोहोर्‍याउने/नदोहोर्‍याउने कुनै सहमति नभइसकेको बताउँछन् । उनले भित्री र बाहिरी दुवै रूपमा पार्टीगत सहमति नभएको बताए। ‘गुट अनुसारका इन्ट्रेस्ट मुखरित भइरहेका नाम हुन्, अहिले आइरहेका । पार्टीले त्यसरी छलफल गरेको पनि छैन, संस्थागत निर्णय हुन बाँकी नै छ । छिटै निर्णय हुन्छ’, उनले भने ।

एमालेभित्र अर्थमा र माओवादीभित्र गृहमा धेरै नेता आकांक्षी देखिएका छन् । अर्थमा एमालेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेलदेखि सुरेन्द्र पाण्डेसम्मले रुची देखाएका छन् । माओवादीभित्र गृहमा रामबहादुर थापा, वर्षमान पुनदेखि जर्नादन शर्मासम्म आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।