0 COMMENTS

काठमाडौं १२फागुन०७४/काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने अन्तराष्ट्रिय महानगरपालिका र शहरको संख्या १४ पुगेको छ । तर यसको विस्तृत अभिलेख काठमाडौं महानगरपालिकासँग छैन । आजको नेपाल समाचारपत्रले यो समाचार छापिएको छ ।

तीमध्ये ४ वटा शहरसँग भएको सम्बन्धको अभिलेख छ भने, १० वटा संस्थासँग भएको सम्बन्ध बारेको कागजात हराइरहेको छ ।पहिलोपटक यस्तो सम्बन्ध स्थापना गर्ने अमेरिकाको युजेन शहरसँग सम्बन्ध स्थापना भएको तिथिमितिसमेत काठमाडौं महानगरपालिकासँग छैन ।समाचारमा लेखिएको छ, यसबारे महानगरपालिका अन्तराष्ट्रिय सम्बन्ध सचिवालयसँग समेत कुनै जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।