0 COMMENTS

काठमाडौं१२फागुन०७४/भर्खरै पुत्र बियोग ब्यहोरेका माओवादी अध्यक्ष प्रचण्डलाई थप अर्को पीडा थपिएको छ ।प्रचण्डलाई हालै थपिएको पीडा भने उनकै पत्नि सीता दाहालको कारणले हो । प्रचण्ड पत्नि सीता दाहाल जो जनयुद्धदेखी नै प्रचण्डलाई राजनीतिक परामर्श एवं सुझाव सरसल्लाह दिई जीवन साथीको साथै राजनैतिक सहयात्री बन्दै आएकी थिईन् हाल उनी असामान्य बन्न पुगेकी छन् ।

बोलीरहेको मान्छे को हो भनेर नचिन्ने , अहिलेको कुरा अहिल्यै बिर्सने, टोलाईरहने, एक्लै बर्बराउने जस्तो समस्या हाल सीता दाहाललाई देखा परेको छ जसका कारण प्रचण्डलाई पीडा थपीएको छ ।करीव चार वर्ष अघि जेठी पुत्री र हाल सालै एक मात्र पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्डले अव फेरी पत्नीको मनोरोगका कारण तनाव ब्यहोर्न पर्ने देखीएको छ ।

पत्नी सीता छोरा प्रकाशको निधनपछि टोलाईरहने कारणनै भर्खर मात्र प्रचण्ड परीवार लाजिम्पाट स्थीत निवासबाट खुमलटार सरेका थिए ।मनोरोग लगायत अन्य स्वास्थ्यमा समस्या देखीएपछि सीता दाहाललाई केही साताअघि उपचारका लागि भारत पुऱ्याइएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरूले बताए अनुसार र लक्षण हेर्दा उनलाई अल्जाइमर भएको हुन सक्ने आशङ्का गरेका छन् । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिसर्ने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने आदि बनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।