0 COMMENTS

 काठमाडौं११फागुन०७४/ केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझावअनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाएको हो ।

सकेसम्म सातै प्रदेश तथा जातीय, क्षेत्रीय सन्तुलन, समावेशीकरण जस्ता विषयलाई मध्यनजर गर्दै मन्त्रीहरुको सूची तयार भएको बताइएको छ । मन्त्रीका आकाङ्क्षी धेरै भएकाले यसपटक अनुभव भएका र काम गरेर परिणाम निकाल्न सक्ने नेताहरुलाई चयन गरिएको बताइएको छ ।

मन्त्रीहरुको नामसँगै उनीहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लागिसकेको बताइएको छ । यद्यपि मन्त्रालयको नाम भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा वरिष्ठ नेता रामबहादुर थापा, बर्षमान पुन “अनन्त”, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, मातृका यादव, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् । प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राई “हिमाल” को विषयमा पनि छलफल चलिरहेको बताइएको छ ।

प्रदेश २ को प्रतिनिधित्व मातृका यादव र गिरिराजमणि पोखरेल, प्रदेश ३ बाट रामबहादुर थापा, प्रदेश ५ बाट वर्षमान पुन, प्रदेश ६ बाट शक्तिबहादुर बस्नेत र प्रदेश ७ बाट बिना मगर मन्त्री हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।