0 COMMENTS

काठमाडौं ११फागुन०७४/ संघीय फोरम र राजपालाई सरकारमा सहभागी हुन एमालेले गरेको आग्रह जनमतविपरीत रहेको धारणा वामपन्थी नेताहरूले व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्यले संविधान जारीदेखि कार्यान्वयनसम्म एमालेले लिएको राष्ट्रवादी अडानकै कारण उसले संविधान कार्यान्वयन प्रक्रियासम्म मधेसवादी दलसँग सहकार्य गर्न अस्वीकार गरेको एमालेले अहिले एकाएक सत्तामा आउन आग्रह गर्नुले उसको राष्ट्रवादी अडान देखावटी मात्र भएको बताए ।

नेपकिपा अध्यक्ष नारायणमान बिजुक्छेले कम्युनिस्ट वा वामपन्थी पार्टी नभएकाले आफ्नो स्वार्थअनुकूल एमालेले ब्याख्या गर्ने आरोप लगाए ।

‘एमाले भाइ कांग्रेस भएकाले सत्तामा जान गल्ती गर्ने र सच्याउने कामलाई निरन्तरता दिँदै आएको छ’, उनले भने, ‘यस्तो कार्य एउटा राष्ट्रिय पार्टीलाई सुहाउँदो कुरा हुन सक्दैन ।’

संघीय फोरमकी नेत्री रेणु यादवले सत्तामा जान एमालेसँग निकटताभन्दा पनि प्रदेश २ को सरकार सर्वसम्मत गराउँदै अघि बढाउन आफ्नो पार्टीले गरेको आग्रहमा एमालेले समर्थन गर्नु सकारात्मक भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।