0 COMMENTS

काठमाडौँ११फागुन०७४/नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्थाबमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको हो ।

दलका नेताहरूसँग छलफलपछि बिहीबार बसेको आयोगको बैठकले राष्ट्रपति निर्वाचनको मिति तय गरेको हो । आयोगले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कसैले बहुमत नल्याए पुनः मतदान
राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै उम्मेदवारले बहुमत नल्याए पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘कुनै उम्मेदवारले प्राप्त गरेको मत तत्काल कायम रहेको कुल मतको बहुमत नभएको कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५६ को उपदफा (१) वा उपदफा (३) बमोजिम पुनः मतदान गराउनुपर्ने अवस्थामा निर्वाचन अधिकृतले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नियमावली २०७४ को नियम ४० बमोजिम पुनः मतदानको मिति तोकिनेछ,’ निर्वाचन आयोगका प्रवक्ता ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय सांसदको जम्मा मत : २१७२५
प्रदेश सांसदको जम्मा मत : २६४००
राष्ट्रिय सभा सदस्यको जम्मा मत : ४६६१
जम्मा मत : ५२७८६
निर्वाचित हुन आवश्यक मत : २६३९४

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।