0 COMMENTS

रत्ननगर, चितवन, ११ फागुन ०७४/ नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको छ । दुर्घटनामा गम्भीर घाइते दुईजनाको समेत पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देही बेलहिया–१ बस्ने अन्दाजी ५० वर्षीय विक्रम सिंह रहेका छन् ।

दुर्घटनामा ट्रकका चालक भारतको लखनउका २४ वर्षीय विपीन सेन र ट्रकमा सवार रुपन्देही बेलहिया–१ का ३१ वर्षीय अर्जुन अग्रहरी गम्भीर घाइते भएका हुन् । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा बिहीबार बिहान ३ः५० बजेको समयमा सुनौलीबाट काठमाडाँै जाँदै गरेको बीआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको थियो ।गाडी ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।