0 COMMENTS

धनगढी­,१० फागुन०७४/ कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनीधलाई बिकास निमार्ण र जनसरोकारका बिषयमा त्यस क्षेत्रका नागरिकहरुले सोधीखोजी गर्न थालेका छन् ।

गौरीगंगा नगरपालिका वडा नम्बर ९ र ११ का स्थानिय तहका जनप्रतिनीधिलाई आफ्नो क्षेत्रको काम कारर्वाहीका बारेमा सोध्न थालेका हुन् ।

स्थानीय पवन कुमार बोगटीले वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीलाई आग्रह गर्दै त्यस क्षेत्रमा हुने हरेक जनसरोकारका गतिबिधीका बारेमा आम नागरिकलाई जानकारी दिन हुन आग्रह गर्नुभयो । उहाँले नगरपालिकामा जेटीओ अनिर्वाय हुनुपर्ने भएपनि सो ठाउँमा नभएको बताउदै त्यस क्षेत्रका किसानहरुलाई समस्या परेको बताउनुभयो ।

त्यस्तै यस क्षेत्रका जनप्रतिनीधिलाई कृषिका लागि पानीको समस्या, स्वास्थ्य संस्थामा औषधीको अभाव,स्वास्थ्य संस्थाका लागि आवश्यक जग्गा नभएको,बिद्यालयमा पुस्ताकालय नभएको त्यसका लागि तत्काल पहल गर्न स्थानीय सभा संयोजक लिलाधर न्यूरेले आग्रह समेत गर्नुभयो । उहाँले ,बाध्यात्मक रुपमा सबै बिद्यार्थीलाई पास गर्नुपर्ने सरकारको नीती गलत भएको र यसले गर्दा शिक्षा क्षेत्र नै धरापमा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै बिद्यार्थीहरुको पढाईको सवालमा अभिभावक गैरजिम्मेवार भएको उल्लेख गर्दै नगरपालिका भित्रका शिक्षकहरुले तलव नपाउने समस्या र पाउदै आएको सेवासुबिधा पनि बन्द गरेको शिक्षक मिलन ओलीले गुनासो गर्नुभयो ।

वडा नम्बर ११का स्थानीय डण्डपाडी सापकोटाले त्यस क्षेत्रमा लागु भएको सुपरजोन कार्यक्रम किसानहरुका लागि नभएर जसलाई आवश्यक छैन् तिनीहरुका लागि भएको भन्दै जनप्रतिनीधिलाई यस बिषयमा गम्भीर हुन आग्रह गर्नुभयो ।

त्यस क्षेत्रका जनताहरुले बिकास निर्माण संगै जनसरोकारका बिषयमा जनप्रतिनीधिहरुलाई सजक भएर काम गर्न अनुरोध गरेका छन् ।

वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले यस क्षेत्रका नागरिकले जनसरोकारका बिषयमा आफुलाई सोधीखोजी गर्न थालेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले आफु जनताको मतले ५ बर्षका लागि बिजयी भएको उल्लेख गर्दै यस क्षेत्रका नागरिकको हित बिपरित काम नगर्ने बताउनुभयो ।

आफनो वडालाई कसरी सबै भन्दा राम्रो बनाउन सकिन्छ त्यता तिर ध्यान गएको बताउनुभयो । त्यस्तै वडा सदस्य प्रेम ताडीले पनि आफु जनताको सधै साथमा रहेको उल्लेख गर्दै यस क्षेत्रका हरेक गतिबिधीमा संगै सहकार्य गरेर काम गर्ने उल्लेख गरे ।

एफएमडिसी धनगढी कैलालीले लागु गरेको नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत स्थापना गरेको स्थानीय सभामा जनप्रतिनीधिलाई सोधीखोजी संगै समाजमा रहेका हरेक समस्याका बारेमा छलफल गर्न थालेका हुन् ।

कार्यक्रम एफमडिसीका कार्यक्रम संयोजक ओम जोशी र अभियान अधिकारी निराजन परियारको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।