0 COMMENTS

काठमाडौँ, १० फागुन०७४/राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४, उपदफा (२) को व्यवस्थाबमोजिम सो मिति तोकेको आयोगका प्रवक्ता नवराज ढकालले बैठकपछि प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

सो दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुने समय तय गरिएको छ । आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गर्नुअघि प्रधानमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिसँग परामर्श गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।