0 COMMENTS

 इलाम ९ फागुन०७४/ झापाको बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे आउँदै गरेको मे१ज १९६ नम्बरको जिप बुधबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।रोङ्ग गाउँपालिका–१ को शिवाकोटी पाखामा ‘ब्रेकफेल’ भइ जिप सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ ।प्रहरी ढिलोगरीमात्र घटनास्थल पुगेकाले घाइतेहरुको स्थानीयले नै उद्धार गरेको स्थानीय गुमानसिंह सुब्बाले जानकारी दिए ।उनकाअनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।