0 COMMENTS

काठमाडौं ८फागुन०७४/केपी ओली नेतृत्वको सरकारले देउवा सरकारको समयमा भएका निर्णय उल्टाएपछि आफ्नो धारणा सार्वजनिक नेपाली काँग्रेसले पत्रकार सम्मेलन गर्न लागेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दलको धारणा पत्रकार सम्मेलनमार्फत काँग्रेसको धारणा सार्वजनीक गर्न लागेका हुन् । पत्रकार सम्मेलन दिउँसो तीन बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा हुने बताइएको छ ।

देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका तीन नामलाई ओली सरकारले उल्टाएको थियो । देउवा सरकारले सिफारिस गरेका गोपाल बस्नेत,चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको ठाँउमा सरकारले युवराज खतिवडा, रामनारायण बिडारी र डा.विमला गौतमलाई सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ओली सरकारले सिफारिस गरेका नामलाई अनुमोदन गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।