0 COMMENTS

काठमाडौं०८फागुन०७४/प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अप्रत्यासित पराजय भोगेपछि कांग्रेसभित्र औपचारिक रूपमै पार्टी पुनःसंरचनाको बहस सुरु भएको छ ।

नेतृत्वका कारण पराजय भोग्नुपरेको निष्कर्षसहित सभापति शेरबहादुर देउवाको राजीनामा मागिरहेका युवा नेताले नेतृत्वदेखि सिद्धान्त हँुदै संगठन संरचनासम्मको सुधारका एजेन्डा अघि सारेका छन् ।

उनीहरूले पाँच वर्षभित्र पहिलो पार्टी बन्ने उद्घोषसहित बेग्लै समूह बनाएर विशेष महाधिवेशनको एजेन्डा अघि सारेका हुन् । छुट्टै समूह बनाएर विशेष महाधिवेशनसहित शुद्धीकरणको बहस चलाउँदै आएका कांग्रेसका युवा नेताहरूले सोमबार राजधानीबाट पाँच वर्षभित्र कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष गरे ।

‘नेपाली कांग्रेस पुनर्जागरण अभियान’ नाराका साथ सुरु भएको अभियानले नेतृत्वदेखि तल्लो तहसम्मको संगठन पुनःसंरचनाको प्रस्ताव गरेको छ । कांग्रेस नेता गगन थापाले अभियानको अवधारणा पत्र सार्वजनिक गर्दै पार्टी सिद्धान्तको पुनव्र्याख्याका लागि प्रदेश, नगर, गाउँपालिका हुँदै वडा तहसम्म बहसको प्रस्ताव गरेका छन् ।

परिवर्तित सन्दर्भमा पार्टीको सिद्धान्तको पुनव्र्याख्या गर्ने, संगठनको पुनःसंरचना गर्ने र कांग्रेसले अंगीकार गर्नुपर्ने आर्थिक सामाजिक विकासका मुद्दाबारे संवाद र छलफल गर्दै दस्तावेज तयार गरेर छलफललाई तीव्र बनाउनुपर्ने उनको अवधारणमा उल्लेख छ ।

निर्वाचनमा पार्टीको पराजयपछि कार्यकर्तामा निराशा छाएको भन्दै युवा नेताले पुनर्जागरण अभियान सुरु गरिएको बताए । ‘हाम्रो अभियान नेताविरुद्ध होइन, गुटबन्दीका लागि पनि होइन । सैद्धान्तिक व्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालन शैलीमा आत्मविश्वास र जनताको विश्वासलाई पुनःस्थापन गर्नु हो,’ नेता थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।