0 COMMENTS

भक्तपुर ८फागुन०७४/ चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा बा २ ख. १३७८ नं को मिनीट्रकले ठक्कर दिँदा १९ महिनाको बालकको मृत्यु भएको छ ।

माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग ८ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने देवेन्द्र बुढा मगरको १९ महिनाको छोरा सविनलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । ठक्कर दिने सवारी साधन र चालक काभ्रेपलाञ्चोक धुलिखेल – ११ पात्लेखेत बस्ने २६ वर्षीय गोकुल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।