0 COMMENTS

पोखरा, ६ फागुन०७४/ प्रदेश नं ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित हुनुभएको छ ।

पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा भएको आजको बैठकबाट नवनिर्वाचित उपसभामुख सिर्जना शर्मासँग नेपाली काँग्रेसका तर्फबाट मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाका तर्फबाट पियारी थापाको उम्मेदवारी परेको थियो ।

प्रदेशसभा बैठकमा उपस्थित ५६ मतमध्ये वाम गठबन्धनबाट निर्वाचित शर्माको पक्षमा ३८ मत र विपक्षमा १८ मत परेको प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठकमा जानकारी गराउनुभएको थियो । उपसभामुखको चयन मत विभाजनको प्रक्रियाबाट गरिएको थियो ।

प्रदेश नं ४ को प्रदेशसभामा एमालेका २७, नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्ति नेपालका दुई रहेका छन् भने मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले शपथ खाएका छैनन् ।

सभामुख नेत्रनाथ अधिकारीले नवनिर्वाचित उपसभामुख सिर्जना शर्मालाई एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।