0 COMMENTS

काठमाडौँ, ६ फागुन ०७४/ प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ ।

कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो ।

जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक रु २५ मा खरिद गर्न सकिनेछ ।

आजदेखि शुरु भएको फ्रिडम प्याक आगामी फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एकपटक खरिद गरेको सो प्याक चलाउने अवधि सकिएपछि अर्कोपटक फेरि प्याक खरिद गर्न सकिनेछ । एकपटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।र साे प्याक खरीदकालागी *१४१५*८# डायलगर्नु हाेस 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।