0 COMMENTS

काठमाडौं६फागुन०७४/ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । आइतवार विहान भक्तपुरमा वी एण्ड सी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईको निजी घरमा भएको दुई शिर्ष नेताको छलफलले सैद्धान्तिक रुपमा असहमत विषय महाधिवेशनबाट टुंगो लगाउने गरी सहमति भएको छ ।

अब पार्टी एकता घोषणा गर्न कुनै कुराले छेक्ने अवरोध नरहेको दाहालले बताए । दुई शिर्ष नेताबीचको छलफल लगत्तै दुवै सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर सम्बृद्धि सम्बन्धी कार्यदलको रिपोर्ट बुझ्न पुगेका छन् । भोलि पार्टी एकता संयोजन समितिको बैठक बसी पार्टी एकता घोषणा गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।