मैले देखे ,
धेरै देखे थोरै लेखे ,
मेरो जन्मिदाको इतिहासलाइ ,
फर्जी आरोपमा हराएको देखे ,
मेरा छोराछोरीको सपना ,
मेरै नेताको ,
भाषणको पसिनाले बगाएको देखे ।
देशले नचिनेका ,
लाखौ महगा क्रान्तिकारी शहीदहरुको हुलले ,
देशको छातीमा परेड खेल्दै गरेको देखेर ,
देशले चिनेका मुल्य बिहिन ,
थोरै शहीदहरु ,
डराउदै ,
इतिहासको गर्भमा रुदै लुकेको देखे ।
मेरो देशको पौरखको जवानी ,
मेरै मृगतृष्णामा जलेर ,
भष्म भएको ,
नमिठो बिगतको राम कहानी ,
इतिहासले प्रत्यक दिन ,
मलाइ सम्झाउदै गर्दा ,
म भित्रको कुम्भकर्ण ,
झन गहिरो निद्रामा ,
मस्त सङ निदाएको देखे ।
म निदाएको मौका छोपी ,
हुँडार र चितुवाहरु ,
गोठ भित्रै पसेर ,
मेरै गोठका बाछी र बहरहरु ,
पराइका जङ्गल तिर,
जबर्जस्ती घिस्याउदै लगेको देखे ।
अन्य बिकल्प नभए पछि ,
आफैमा आत्तिएर ,
तिमि संग गुहार माग्न ,
मैले तिमिलाइ यो पत्र लेखे ।
हो मैले जे देखे ,
त्यही लेखे ।
अस्ति राती सपनामा ,
मेरो देशले ,
दूर छितिजमा कतै ,
सुन्दर महल बनाएर ,
मेरी आमालाइ सजाएर राखेको देखे ।
मेरै दुर्भाग्य !
मेरो बिपना लाइ ,
मेरै सपनाले ,
लाज नमानी ढाटेको देखेर ,
तिमिलाइ मैले यो ,
फिराद पत्र लेखे ।
हो मैले कसैलाई ढाट्नु हुदैन ,
मैले जे देखे ,
त्यही लेखे ।