0 COMMENTS

काठमाडौँ ६फागुन०७४/ प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

‘प्रधानमन्त्रीज्यू आइतबार ४ बजेबाट सरकारी निवास बालुवाटार सर्ने समय तय भएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘परम्परागत तरिकाले होइन, सामान्य तरिकाले उहाँ सरकारी निवासमा प्रवेश गर्नुहुनेछ ।’देउवाले सरकारी निवास खाली गरेलगत्तै ओलीको प्रवेशका लागि बालुवाटारमा शनिबार दिनभर सरसफाइ र मर्मतसम्भार गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालय आइतबारबाट सरकारी निवास बालुवाटार र सिंहदरबार दुवैतर्फ सञ्चालित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।