0 COMMENTS

काठमाण्डाै ५फागुन०७४/  सिन्धुपाल्चोकको बाह्रबिसेमा एउटा मिनी ट्रक भोटेकोसीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे कोदारी सडकखण्डको बोर्डल्याण्ड नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालक बाह्रबिसे नगरपालिका ८ निबासी शेखर अधिकारी, सोही वडाका सुब्बा अधिकारी र कमल अधिकारी रहेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, सो ट्रक सडकबाट ६० मिटर तल भोटेकोसी नदीमा खसेको आजको राजधानी दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।