0 COMMENTS

काठमाडौं ५फागुन०७४/  काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक वृद्धको अवस्था अज्ञात छ ।

शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो । दुबै घर जलेर पूर्णरुपमा नस्ट भएको प्रहरीले जनाएको छ ।

अमृतलाल रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार भाडामा बस्दै आएको थियो । जीवनकाजीको अवस्था अज्ञात छ । उनका छोरा प्रविण आगोमा जलेर सामान्य घाइते भएका छन् । उनलाई वीर अस्पतालमा सामान्य उपचार गरिएको छ ।

प्रविणले प्रहरीलाई दिएको जानकारीअनुसार बुवा जीवनकाजीलाई बाहिर निकाल्ने प्रयास गरे पनि नसकेपछि उनी बाहिर निस्किएका थिए । आगलागी भएको स्थानमा खटिएका डिएसपी टेकुनन्द ईवा लिम्बुका अनुसार जीवनकाजीको अवस्था थाहा हुन सकेको छैन । जीवनकाजी प्यारालाईसिसको समस्याबाट पीडित थिए ।

डिएसपी लिम्बुले भने, ‘आगो त नियन्त्रणमा आइसक्यो तर भित्रभित्र सानासाना झिल्का अझै बाँकी छन् । भर्‍याङ पनि सबै जलेर ध्वस्त भएकाले घरभित्र जान अप्ठेरो भइरहेको छ ।’आगलागीको कारण खुलेको छैन । तर, घरभित्र बालेको हिटरबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका पाँचवटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन अग्नि नियन्त्रक टोलीसँगै प्रहरी र स्थानीयबासी खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।