0 COMMENTS

काठमाडौँ २,फागुन २०७४/ एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई मुर्तरुप दिन आज एकता संयोजन समितिको बैठक बस्दैछ । सहमतिलाई अन्तिमरुप दिन संयोजन समितिको बैठक बस्न लागेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो साँझ भएको एक्लाएक्लै वार्ताले दुई पार्टीको एकताका सन्दर्भमा थप प्रष्ट पारेको बताइएको छ । आज बस्ने एकता संयोजन समितिको बैठक बसेपछि सो सम्बन्धी खाकाको घोषणा हुन सक्ने दुवै दलका नेताहरुले बताएका छन् । केही साताअघि अड्किएकोजस्तो भान परेको दुई दलबीचको एकतासम्बन्धी प्रयासहरु केही दिनयता पुनः तीव्र बनेको देखिएको छ । दुई दिनभित्र दुई अध्यक्षकाबीच लगातार बैठक बसेको छ ।

निर्वाचन आयोगले छिट्टै नै निर्वाचनको पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाउने भएकाले त्यस अगावै एउटा निचोडमा पुगेर संयुक्त सरकारको दावेदारी प्रस्तुत गर्नुपर्ने पक्षमा माओवादी देखिएको छ । त्यसैले यी विषय चाँडै समाधान गरिसक्न एमालेमाथि दबाब परेको बताइएको छ । आज बस्ने भनिएको दुवै दलका शीर्ष नेताहरु सामेल एकता संयोजन बैठकले धेरैको ध्यान खिचेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।